नडराउनुस यो झटारो सडकका इँटा, ढुंगा र जुत्ताको झटारो भन्दा केही फरक छ, यो शव्दको झटारो मात्र हो । यसले खासमा कसैको टाउको फुटाउने पनि हैन, बरु प्याच्च प्याच्च लेख्दिएर टाउको चाहि दुखाउने काम गर्छ । आखिर हाम्रो देशै सडकको एउटा रमिताजस्तो भा बेलाँ , तपाईलाई पनि झटारो हान्न र हानेको हेरेर रमिता लिन मन छ भने आउनुस न त के भोर ? आक्कल झुक्कल झटारो खाने वर्ग जस्तै नेतागिरि, दादागिरी,भ्रष्टाचारी, कालाबजारी, बन्दकारी, धुन्द्कारीजस्ता कुतत्वहरु पनि आइदिए रमाइलै हुदो हो भन्ने पनि हाम्लाई लाइरा'छ ।