थुइक्क पाजी हो !

24.5.11

मैले त भनि रहेकै थिएँ नि, अब नेपालाँ संघिय गणराज्य साज्य त्यस्तै हो, साम्प्रदायिक हिंसाको टुसो भने मजैले पलाईसक्यो भनेर । खस्, बाहुन, लिम्बु, तामांग, अब जातजाति र भाइभाइमा विभाजनको साँध लाग्न थालिसक्या छ । देशको साँधचाहि लथालिंग भएर ढल्ने क्रममा छ, आफू आफू वैरी हुने साँधचाहि ढल्दो हैन उभिदो छ।

एकै थालमा खाएर- एउटै टोलका केटी जिस्काएर हिडेका मात्र नभई, एउटै भट्टीमा जाँड धोकेर एउटै ढलमा जोतिएर धेरै रात कटाएका साथीभाई समेत बाटोमा हिड्दा ए मुला त्यो त कचिलाको रैछ, यो मुला ताम्सालिंग पट्टिको रैछ भन्दै नदेखेझैं गर्ने दिन अब टाढा नहोला जस्तो छ । अहिले नै देख्दा पाखुरी सुर्क्याउदै मनमनै 'बल्ल तेरो असली रुप चिनियो भन्दै कि नारी निमोठ्ने कि डामेर छोडेको गोरुझैं आँखाले हेर्ने क्रमको शुरु भैसक्यो ।


यो हप्ता छेत्रीले काठमाण्डुमा आफ्नो शक्ति देखायो, त्यसैमध्येको यौटा भुसतिघ्रेले आफ्नो बाहुन साथीलाई भन्यो - हाम्ले त बन्द गरेर देखाइम, थुक्क हुतिहारा काँतर बाहुन हो तिमेर्ले खोइ सक्या ?

नेपालको इतिहासमा काजी भएका आफ्ना पुर्खाको नाम बेचेर गाउघरतिर कुनै जमानामा आफुलाई पनि उनकै सन्तान र काजी भनाउदै आएका कुँवर, बस्नेत, पाण्डे तथा थापा थरिका छेत्रीहरुलाइ अलिपर पुग्ने बित्तिकै "पाजी" भनेर व्यंग्य गर्नेहरु धेरै हुन्थे ।

एकादेशको कथाजस्तो वर्ण व्यवस्थामा गरिएको जाति र पेशाको भागबण्डालाई सम्झेर अहिले बाहुनले आफुलाई विद्वान् ठान्नु, छेत्रीले बहादुर र वैश्यले सधै व्यापारी सोच्नु र गर्व गर्नु जस्तो मुर्खता अरु कुन हुन् सक्ला यो वैज्ञानिक युगमा ? हुन् त् म कुनै जातिको पक्षपाती हैन, वद्ख्वाई पनि गर्दिन । तर जातिपातिका पक्षपाति ए पाजीहरु ! यो जमानामा आएर पनि जाति र जन्मको आधारमै आफ्नो पहिचान र परिचय खोज्दै हिड्छौ भने धिक्कार छ तिमेरुलाई !

हैन गाँठे, थेप्चो नाक भाकाले अलि बढी सुबिधा पाउने, चुचो नाक भाका अलि चुप लाग्न पर्ने, पकौडा जस्तो नाक भाकाले आरक्षण पाउन पर्ने, घिरौला जस्तो भाकालाइ बेवास्ता गर्न पर्ने, खोया जस्तो नाकेहरुको कुरा सुन्नै नहुने, तेरो जाति भन्दा मेरो जाति असल, मेरो भन्दा त त्यसको खत्तम जात .... हैन यो कस्तो माग हो ? हामी सबै उस्तै नेपाली एकै जाति हैन र ?

संचारले लेख्यो छेत्रीसंग वार्ता भो ./ बन्द फिर्ता भो ।
साम्प्रादायिक हिंसा भद्काउन तम्सेका गुन्दागर्दिलाई सम्बोधन गरेर र उसका जातीय हितमा लेखेका मागहरु सुनेर यो निकम्मा सरकारले अरु बाकि भएका सबै जातजातिलाइ पनि आफ्नो शक्ति देखाउन उक्साएको छ । बेफ्वाँकमा त्यसरी नै जनतालाई दुख दिन अब कुन कुन जातिले दाउ हेरेर बसेका छन ? अलेली शक्ति पनि नदेखाए नत्र के था भोली बन्ने संविधानमा अरु जातिले धेरै सुबिधा पाई आफू हेरेको हेरै पो हुने हो कि ?





ल हेर, कसको नाक राम्रो, कसको जात राम्रो ?
flickr

6 चोइटा:

Rabindra said...

झटारो गजब छ । पैला पार्टिको टालो बाँदेर भिड्थे अचेल जातको पछि लाग्या छन्। यो सब खैलाबैला मच्चाएको नयाँ नेपाल बनाउने ले हो, समय सँगै ति कुराहरूमा समाज आँफै परिवर्तन हुँदै थियो, त्यो नै दिगो हुनेथ्यो होला। के गर्नु केहि भन्न भएन, पेट्रोल हालेर आगो सल्काइदेलान् भन्ने पीर !

Prabesh Poudel said...

कुरो गर्‍यो कुरैको दु:ख !!!

झटारो काँइला said...

त्यै त रबिन्द्र ब्रो ! ट्वाँ पर्यो हेरो बस्यो, अरु उपाय छैन । मुर्ख देखि दैव डराउचन भन्थे, मान्छे परियो । @ प्रवेश ब्रो थ्यान्क्यु ।

प्रकाश समीर said...

"घुम्दै फिर्दै रुम्जाटार"- फेरी बाइसे चौबिसे तिरै । काँइला ब्रो नेपालमा बाँच्न गाह्रो पो होलास्तो देखियो क्यार्नी हो...?

Yumesh Pulami said...

हत्तेरिका यो बन्द / हड्ताल , आन्दोलन भनेर यत्रो ठुलो झटारो मै तिर हान्नु पर्छ ब्रो ! हेर, त्यसले लागेर मेरो त नाक नै थ्याप्चो भो ... अब अहिले नि चुचो नहोला ! ...हाहाह .....झटारो खतरा छ ! यहाको लेखन शैलीले मन खिची रह्यो - पुरै लेख पढुन जेल !
.... बास्तवमा संघिय गणराज्य त मान्छेको मल मै फल्ने मुला परे'छ क्यारे ! यस्तो फस्टाउदै छ कि ! कुरा गरेर र बुझेर साध्य छैन !

Aayush said...

आफ्नो दिउँ त मै मरिजाउँ, अर्काको पाए तीनमाना खाउँ के कुरो गरुम र आफ्नै देशाँको ।।ल काँइलादाई भाई काँइलाबा काँइलाबाजे झटारो चाइ हान्दै गर्नुस है .....

Post a Comment

यो झटारो मन परे एक दुइ "छेस्काछेस्की" तपाइँ नि लेख्न सक्नुहुन्छ । अलि दह्रो छेस्को या झटारै हान्नु भो भने चाहि पुरस्कारको पनि व्यवस्था गरेको छु ।