आदिवासी जनजातिले देश बन्द गरेको केही दिन नबित्दै हामी चैँ के कम भन्दै पश्चिमका बाहुन पनि तम्सी हाले । जातीयताको आधारमा देश संघियतामा जान नहुने देखि हाम्लाई नि आदिवासी भनिपाउन पर्ने, बिपन्नलाई मात्र आरक्षण दिन पर्ने, राज्यले भेदभावको नीति खारेज गरेर हाम्लाई पहिलेजस्तै मान्न पर्ने, भेटी उठाई खाने ठामको संरक्षण र प्रबर्द्धन गर्नु पर्ने आदि आदि तिनेरुका माग हुन ।
(हेर हेर यिनले कुटुम्ला झैं यति लामो लौरो जस्तो झन्डा बोकेकी ?) |
ए म्या'टोक्ने! देशमा त अब फेरि यही संघियताकै नाममा जाति जाति भाइभाइहरु बिचमै काटाकाट हुने भो नि ।
यी मुलाहरु जातपात भन्नी कुरा आखिर केही'नि हैन भन्ने थाहा पाउदा पाउदै किन यस्तो उम्लेका हुन .. धन्य नया नेपालीहरु! हामी सबै नेपाल आमाका सन्तान हौँ, एउटै दाजुभाई हौँ, एकै जाति नेपाली हौँ भन्ने कुरा पनि बुझन हो बुझ !
0 चोइटा:
Post a Comment
यो झटारो मन परे एक दुइ "छेस्काछेस्की" तपाइँ नि लेख्न सक्नुहुन्छ । अलि दह्रो छेस्को या झटारै हान्नु भो भने चाहि पुरस्कारको पनि व्यवस्था गरेको छु ।