लाज पचेका नेपाली ब्लगरहरु

8.6.11




मलाइ काम पनि नभाका र फुर्सद पनि नभाका बहुलाहा कुकुरले टोके झैं इन्टरनेटमा भौतारिदै हिड्ने केही मान्छेहरु देखि निकै दया लागेर आएको छ । ती मान्छे अरु कोही नभएर केही नेपाली ब्लगरहरु हुन् ।जो अरुका रचना सोध्दै नसोधी स्वाट्ट चोरेर आफ्नो नौटंकी ब्लग सजाउने कार्यको कुलतमा फसेका छन। यस्ता बानी लागेका ती ब्लगरहरु कतिलाइ त म के गरिरहेको छु भन्ने पनि थाहा नहुन पनि सक्छ । बिचरा भन्नु पर्ने खालका अनभिज्ञ ब्लगरलाइ त खास के नै भन्ने र ? तैपनि काँल्दाईले भनेको मान्नु हुन्छ र बाटो बिराउनु भएको हो भने "यसो नगर्नुस यो राम्रो कार्य पनि होइन र राम्रो बानी पनि हैन" अझै सुध्रने मौका छ सुध्रिनुस भन्न चाहन्छु । तर बुझीबुझी पनि बुझ पचाउने र अरुको सम्पति झिकेर ल मैले त तपाइको फलानो जिनिस खुब मन पर्यो लगे है भनेर चोरे जस्तो अरुको रचना सोध्दै नसोधी खुरुक्क कपि पेष्ट गर्दै आफ्नो ब्लगमा राख्दै गर्ने कार्य नकचरोपन र हास्यापद हो भन्न चाहन्छु, यो श्रष्टाको रचनामाथि गरिएको अवमुल्यन पनि हो ।

कतिपयले त नामै समेत पनि नखुलाई वा आफ्नै नाममा राख्ने पनि गरेका छन भने कतिले चाहि ल मैले तपाइको रचना निकै मन पर्यो र यी यसमा राखें भन्दै आफु चोर नभई सज्जन भएको जिकिर पनि गर्छन, त्यो पनि राखेको २/४ दिनपछि । अब यस्तो बेला श्रष्टा आपतमा फस्छ, नराख्नुस भन्न पनि अलि नमिल्ने, चुपचाप बस्छन के गरुन बिचरा ? फेसबुकमा पनि आफ्नो वालमा सोध्दै नसोधी अरुका रचना पोष्ट गर्ने लाज पचेकाहरु नभाका हैनन, तर ब्लगरमा यस्ताको बिगबिगी अलि धेरै नै भएको छ ।

ए राता मकै, के गरौँ र कसो गरौँ लागेर अरुको रचना खोज्दै भौतारिनुको सट्टा त्यस्तो समयमा त सकेपनि नसके पनि आफै लेख्न कोशिश गर्नु, फुर्सदको सदुपयोग गर्नु । ल ठिकै छ, कसै कसैका रचना अति नै मन परे र आफ्नो रचनामाथि पटक्कै आत्मविश्वास छैन भने महिनामा एकाध 'पाहुना' बोलाउदा पनि भयो । तर यहाँ त दिनदिनै र दिन दहाडै अरुका रचना चोर्ने र ब्लगमा मनपरी राख्ने काम धमाधम हुन थालेको देखि रहेको छु । यसले ब्लगलाइ व्यक्तिगत भावना व्यक्त गर्ने थलो हो भन्ने मूल मर्म माथि घात मात्र गरेको छैन नेपाली ब्लग जगत नै फोहोर बनाउदै छन । त्यसमाथि धेरै लेखकहरु यो कपि पेष्टको चलनले निकै महा अन्यायमा परेका छन, कसलाई भन्ने ? कहाँ उजुरी गर्ने ?

एकदिन सबै सचेत ब्लगरले कोको यस्ता कुलतमा फसेका छन रंगेहात पक्राउ गर्नेछ, अनि मुख रातो पार्नु पर्ला । मागेर, ढाटेर, छलेर अरुको भरमा बाच्नु भन्दा आफै गरी खान बाबुबाजेले पक्कै सिकाका होलान । सिर्जनशील बन्नुस आफै लेख्न थाल्नुहोस ।

त्यसो त सामुहिक ब्लग पनि नहुने हैन, जस्तो कि साझा ब्लग 'दौतरी" । यस्तै गर्न खोजेको हो भने यसले जस्तै ब्लग पोष्ट गर्ने अधिकार अरु ब्लगरलाइ पनि दिन पर्यो । ती ब्लगरले आफै पोष्ट गरुन । तर अरुका रचना चोर्दै आफैले राख्दै गर्नु लाजमर्दो हो, काम छैन भन्दैमा चोरको बात लाग्ने काम पनि गर्नु हुन्छ र ?

तस्विर -wine-blog.com

12 चोइटा:

प्रकाश समीर said...

काँइला ब्रो यस् पालिको झटारोले चैं "कपी-पेस्टकारहरुको" डडाल्नो नै खुस्काउने जस्तो मैले देखें । ..................म तपाईं सँग सोह्रै आना सहमत् छु।

झटारो काँइला said...

खै ब्रो डडाल्नो खुस्काउन त मन थियो तर त्यस्ता चोर ब्लगरहरु यता पढ्न आए पो ? यो नेपालि ब्लग लिस्तले किन मेरो ब्लग लिस्ट राखेन कि तिनीहरुले पनि दरो झापड भटने भो कि के हो ? २ हप्ता भै सक्यो अनुरोध पठाएको, वास्ता व्यास्ता छैन बा !

Dilip Acharya said...

"चोरको बात लाग्ने काम पनि गर्नु हुन्छ र ?" भन्ने प्रश्न आफ्नै ठाउँमा छ तर यहाँ त "जो चोर उसकै ठूलो स्वर" बढी हावी छ। गुगलमा खोज्नै डर लाग्छ चोरी भएका भन्दा नभएका पोस्टहरू कम होलान । कत्तिलाई यताउती गरेर 'तह' पनि लगाईयो तर झन् झन नयाँ नयाँ चोरहरू निस्केका छन् के गर्ने ? ।

d.raj kandel said...

आम्मुई झटारो त.......''मुछे हो तो नथुलाल जैसे वर्ना न हो '' भने जस्तै झटारो हो तो यो ब्लोग्पोस्ट जस्तो वर्ना न हो ,,आइ लाइक it..ग्रेट थिंक्स

Jotare Dhaiba said...
This comment has been removed by the author.
Jotare Dhaiba said...

काइँला जीले भने झैं ब्लग चोरी शायद कुलत नै हो ।
आफू फुटिभाङ लेख्न नसक्ने, तर ब्लगर भइटोपल्ने लोभले तालु चिलाइरहने ।
कति चोर्लान् ? एकदिन त चोर्ने सकसले (कपी-पेस्ट गर्दाको थकान) तिनले विराल लेलान् नि ।
नत्र यस्ता चोर ब्लगरलाई निरुत्साहित गर्ने औषधि तिनका ब्लगमा धावा बोलेर मात्र गर्न सकिएला ।

Jotare Dhaiba said...
This comment has been removed by the author.
Gyanu Basnet said...

नचोर्नु धर्म हो । खोइ कल्लाइ के भन्ने कल्लाइ के नभन्ने ? न चोर्ने त शायद कोइ नहोला व्यासले वेद लेख्दा पनि त्यतिखेरका विद्वान हरूबाट धेरै कुरा चोरेका थिए रे । मीठो र राम्रो कुरा हेर्नुस सबैलार्इ मनपर्छ लोभ लाग्छ, सबैले चोर्न खोज्छन कसैले पुरै चोर्छन कसैले अलि अलि । यसबाट मुक्त हुने एउटा उपाया छ त्यो हो सावर्जनिक ठाउँमा प्रकाशित नगर्नु,अाफैसँग सुरक्षित राख्नु । तपाइलार्इ थाहा छ केही कुरा हेर्नु मात्र पनि चोर्नु नै हो । फेरि चोर भन्न पनि अहिले त अलि अफ्ठेरो कुरा पनि छ Share को जमाना भन्छन् यस्तै गर्न खोजेका होलान है सर । अर्को कुरा तपार्इले अाफ्नो नाम पनि त सही राख्नु भा छैन नि? नेपाली उखानहरू धेरै सत्य र परिपक्क छन है सर... तपाइको कुरा नराम्रो हो भन्न खोजेको चाही कदापि हैन । यसलार्इ प्रतिक्रियाको रूपमा लिनुहोला ।

sagar said...

dami lago ghataro

Chaitanya said...

खबरदारीको झटारो राम्रै बज्रियो, केहि खस्छ कि !

bhim prasad said...

यस्तो हो नि । यसरी झटारो हाने पो करङ खुस्कन्छ, अनि लाज पचेकाहरूले अरूका सिर्जना कपी पेस्ट गर्न छाड्लान् । काँइला ब्रो, चेक गरि राख्नोस है तपाइको यही झटारो पनि कतै चोरी सके कि...

Sampras Paudel said...

के गर्ने हाम्रो किबोर्डमै खराबि छ क्या । "ctrl", "c" र "v" नभएको भए त कपीपेस्ट नै हुन्नथ्यो होला कि? अर्काको रचनालाइ आफ्नो भनेर कपि गर्नेलाइ गजबको झटारो छ है झटारो मित्र । चोर्न पाइन्छ? लुट्न पाइन्छ? अरुको रचना साभार गर्न नि पर्मिसन् चहिन्छ भन्ने हाम्लाइ लाइरा'च । झटारो जी सङ्ग मित्रताको हात अघि बढाउं कि?

Post a Comment

यो झटारो मन परे एक दुइ "छेस्काछेस्की" तपाइँ नि लेख्न सक्नुहुन्छ । अलि दह्रो छेस्को या झटारै हान्नु भो भने चाहि पुरस्कारको पनि व्यवस्था गरेको छु ।