Showing posts with label यसो मुडमा हुँदा. Show all posts
Showing posts with label यसो मुडमा हुँदा. Show all posts

गल्ती गरिस्

24.10.11



खल्ती भरि चोर डाँका, लुकाएर गल्ती गरिस्
चिच्याएर व्यर्थ घोक्रो, सुकाएर गल्ती गरिस्

घरभित्र साँढे भई, दादागिरी चलाउछ्स्
'प्रभु' छेउ स्वाभिमान, झुकाएर गल्ती गरिस्

चिराग त्यो सल्काएर, भाइभाइमा बिरोधको
लुछीचुँडी आमाको मन्, दुखाएर गल्ती गरिस्

देशको नया खाका कोर्न, अझै कति कुर्नु पर्छ ?
पटक पटक पा'को मौका, चुकाएर गल्ती गरिस्


बिर्सिएथ्यौँ हिंसाग्रस्त, अँध्यारा ती दिनहरु
पुरिएको घाउ पुन, उप्काएर गल्ती गरिस्


ठम्याउन सक्नु पर्थ्यो, बाघ हो कि बिरालो हो ?
हचुवामा कुकुर तैले, फुकाएर गल्ती गरिस्


झटारो काइँला
http://jhataro.blogspot.com
Read more >>