Showing posts with label राजनिति. Show all posts
Showing posts with label राजनिति. Show all posts

अनेसास र भेडागोठालाहरु

17.7.11







विदेशां बसेको मेरो एक जना साथीलाई 'काम कस्तो छ?' म पटक पटक सोध्थें।
काम त थ्रीडी हो तर गाँठ भैहाल्छ झकास छ भन्न पर्यो ।

यो ग्वांदे झटारोले धेरै पछिमात्र था' पायो कि उसको काम मैले सोचेझैं थ्रीडी एनिमेसनमा थिएन, थ्री डी, अर्थात उक्त त्रिआयामिक काम भनेको डर्टी, डेन्जर अनि डिफिकल्ट थियो ।

विदेशाँ नेपालीहरु के गर्छन ? तिनेर्का हैसियत कस्तो छ ?
एउटा सग्लो उत्तरले यो प्रसंगलाई पक्कै सम्बोधन गर्न सक्दैन, यद्यपि अपवाद छाडेर आम उत्तर भने लगभग एउटै आउँछ - विदेशीले कम रुचाउने र तल्लो स्तरका कामहरु हुन् ति । अनि यस्तो गर्न जान नेपालीहरु किन मरिहत्ते गरेका ? जागिर र पोइसो खै त यहाँ ? दोषचाहि सधै बिचरा देशले पाउँछ ।

एउटाको फेसबुकको स्टाटसको शब्द पैचो लेर अझ फ्र्याङकली लेख्दिम न केको लाज?
"बिदेशमा गएर भाँडा मलेर आइेफोन बोकेर मै हुँ भन्नु भन्दा आफ्नै देशमा बसेर सेवा गर्नु राम्रो...... " अर्काका देशाँ गएर धेरै 'राम्रो' काम, उद्यम गर्नेले सानो चित्त नबनाउनु होला तर जनबोलीले भन्ने कुरो यही हो । - नेपालीहरु भाँडा माझ्न र भेडा चराउन किन विदेश गाका होलान ?

सोच्दै हुनुहोला, आज काल्दाईले के लेख्दैछ ? रहर/बाध्यता र अनेक कारणले प्रवास रोज्न पुगेका नेपालीको बदख्वाइ गर्दैछ ? होइन, पटक्क होइन, यो लेख र झटारो ती उपबुज्रुक तोरीलाहुरेहरुका बिरुद्धमा हो, जो अरुका घराँ गएर २/४ पोइसो कमाए'सी अरु आम नेपालीलाइ भेडा गोठाला देख्छन । उनीहरुमाथि राजनीति गर्छन र नेतृत्वको नौटंकी गर्छन, साहित्यको नाममा कालो धन खन्याएर इज्जतको व्यापार गर्छन।

कला र शैलीमा कान्तिपुरले भर्खर छाप्यो - डायोस्पोरा बाट पुरस्कारै पुरस्कार । http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=247352 को हुन त ती विशिष्ट किताब छान्ने मुल्यान्कनकर्ताहरु र पुरस्कारदाताहरु ?




उता विदेश बस्नेको आफ्नै दुखेसो - हाम्लाई हेप्यौ, मान्छे गनेनौ, हाम्ले भन्या सुनेनौ, हामी भाडा मझुवा, भगुवा र भेडा गोठाला होइनम है। वास्तवमा हामी ठुला ठुला विद्वान हौँ, वैज्ञानिक हौँ, ठुला मान्छे हौँ, साहित्यकार हौँ। तिनै ठुला मध्यका केही साहित्यकारहरुले खोलेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज भन्ने संस्था रहेछ। त्यो डलर र साहित्यको खेति बरोबर गर्दो रैछ, दुबैलाई उस्तै प्रेम गर्दो रैछ ।


निकै उदाहरनिय काम,
यो उदाहरनिय कार्यको बारेमा त अहिले नै "छोटी मुख बडी बात् नगरम। नेपाली साहित्यलाई यसले जसरी जे दिएको छ, अहिलेलाई आँखा चिम्लेर सलाम गर्छ काइलो ।

तर यो संस्थाले आयोजना गर्या बडो भव्य र गज्ज़ब्को सम्मेलनको चर्चा गर्न अघि सरेको छु । त्यो यस्तो महान काव्य सम्मेलन थियो जो न पहिले भयो न भविष्यमा नै हुनेछ ।

यस्तो काव्य सम्मेलन यो उमेरसम्म काइलाले देखेको त के सुनेको पनि थिएन । ३ मैना अघिदेखि उर्दी जारी भो -

सम्मेलनमा ठाम ठामका कविहरुलाई भाग लिन लगाइनेछ, कविकै स्वरमा कविता वाचन गर्न लगाइनेछ र भू-उपग्रह (satellite) मार्फत विश्वभर एकै साथ् प्रत्यक्ष प्रसारण गरिनेछ ।



हे नारन के आश्चर्य ? भू उपग्रह मार्फत काव्य सम्मेलनको प्रत्यक्ष प्रसारण ? कस्ता कस्ता विद्वान्ले समेत ठम्याउन हम्मे परिरा बेला काइलाको दिमाखले के भ्याओस यो कस्तो खालको भव्य तकनिक के कसो हो भन्नि कुरो ?

कहाँ कसरी हुने, क कसले भाग लिने ? निरन्तर अपडेट आउन थाल्यो, नयाँ नयाँ उर्दी जारी भयो ।

हुन त काइलो पनि प्रविधिको त्यही जुगमा छ । जहाँ २/४ अक्षर फुटाउने र सामान्य कम्प्युटर चलाउने जो कोहीले याहू, स्काइप, फेसबुक वा गुगल्बाट आँखा झिम्क्याई झिम्क्याई लाइभ बोल्न र अरुलाई देखाउन पनि सक्छन । हन, क्यार्न लागे यिनले स्याटलाइटबाट ? काइलोको सातोपुत्लो त तब उड्यो जब उक्त "भिडियो च्याटमा कविता वाचन गराइने कार्जेक्रम" चलाउन संसारभरिका बडे बडे विद्वान डाक्टर इन्जिनियरहरुको जम्बो मन्त्रीमन्डल जस्तो संयोजक समिति खडा भयो ।

ती विद्वानहरु तपाईका देशबाट पनि पर्या होलान नाम यिनै हुन हेर्नुस।


· रन्जना उदास (अफ्रिका)

· अनन्त रिसाल (न्यूजर्सी, अमेरिका)

· पुनम क्षेत्री (जापान)

· डा. रूपक श्रेष्ठ (बेलायत)

· भिम कार्की (टेक्सास, अमेरिका)

· विमल नेपाल (फ्लोरिडा, अमेरिका)

· भुवनेश्वर शर्मा (अस्ट्रेलिया)

· कृष्ण बजगाइ (बेल्जियम)

· प्रकाश नेपाल (भर्जिनिया, अमेरिका)

· विरही रिजाल (यु.ए.इ.)

· पदम विश्वकर्मा (कोलोराडो, अमेरिका)

· रमेश रानाभाट (चीन)

· ज्योति पैाडेल (न्यूयोर्क, अमेरिका)

· राधेश्याम लेकाली (नेपाल)



सल्लाहकारहरू: . होमनाथ सुबेदी (अमेरिका), ज्ञानेन्द्र गदाल (अमेरिका)

प्रमुख संयोजकहरू
डा. शिव गैातम, बोष्टन, अमेरिका
इ. कुसुम ज्ञवाली, टोरन्टो, क्यानडा




http://inls.org/index.php?sect=announcements&nId=561

लौन यिनले के गर्न आँटे ? यो अद्वितीय र भव्य सम्मेलनको कल्पनाले पनि काइला गदगद हुन थाल्यो । यस्तो अवर्णनीय सम्मेलनको प्रत्यक्ष प्रसार गराउनका खातिर नाम चलेका मिडियाहरु पनि तैनाथ गरिए ।

www.torontonepal.com
www.dcnepal.com
www.khasskhass.com
www.usnepalonline.com
www.nepalhorizons.com
www.nepalmother.com

http://inls.org/index.php?sect=announcements&nId=570



वेभ काव्य सम्मेलनको दर्शन गर्ने तर्कनाले कार्जेक्रम हुने भनिएको दिन बिहानै देखि काइलाको भुइमा खुट्टो थिएन । घरी तिनले भनेका मिडिया त घरी आकाश तिर स्याटेलाइटतिर पो छ कि भन्दै आकाशतिर प्रत्यक्ष प्रासरण खोज्दा खोज्दा काइलाको बुढो आँखा थाके ।

पहिलो कुरा जाबो भिडियो च्याटमा कविता भनाउन किन यत्रो मन्त्रिमन्डल खडा गर्नु ? दोश्रो कुरा वेभ र भू उपग्रह्का तिलस्मी कार्यक्रमका हौवा पिटाएर हाडी गाउको जात्रा किन बनाउनु ? त्यो भन्दा पनि महत्वपूर्ण कुरा आम साहित्यप्रेमी पाठक र दर्शकलाई प्रविधिका बारेमा क्यै नि था'नभाका बिल्कुल अन्धो भए झैं के के न गर्ने भनेर किन उल्याउनु ?

हे भेडाका नाइकेहरु! डायोस्पोरिक साहित्यको विकास भन्दै गरिने गरेको राजनीति लज्जास्पद छ । प्रविधि र 'भू-उपग्रह्कै' उपहास हुने यस्ता बेइज्जतपूर्ण कार्यक्रमको घोषणाले तिमेरुको त खासै केहि नबिग्रिएला । तर तिमीहरुले धपाउदै हिडेका भेडाका बगालमा कोही त होलान, जसलाई यस्ता ट्रक साहित्यका दलाल र साहुहरुको चेतनाको स्तर र बौद्धिकता नामिठोसंग दुखेको होला । लाटो देशाँ गाँडो तन्नेरीको उखान चरितार्थ हुने केटाकेटी प्रवृत्ति र विदेशाँ बस्ने सबै नेपालीका धज्जी उड्ने खालका उल्का प्रविधीको हौवा पिटाइले अलिक सचेत र इमान्दार सच्चा साहित्यप्रेमीहरुले नमिठो अपमान बोध गरेका होलान । ऐना हेर्दा आफ्नो मुखौडा 'उल्लु' भएको देखेका होलान ।

आम दर्शक, पाठक र नेपालीलाई भेडा बाख्राको बथान ठानेर हरिया घाँस बाड्दै मूर्ख बनाउने कर्मले मात्र साहित्य सिर्जनामा उत्साह थप्दैन । न डायोस्पोरिक न मुलधारको साहित्यमा नै टेवा पुग्छ यो नौटंकी पाराले । यसले उल्टो साहित्यमा विकृति बढाउछ । सक्कली साहित्य र साहित्यकार निरुत्साहित हुदै जान्छन भने साहित्यका साहु/बेपारीहरुले निर्बाध बौद्धिकताको अस्मिता लुटिरहनेछ्न ।

बेलैमा चेतना भया ।
Read more >>

अपराध लुकाउने राजनीतिक गुफा

15.6.11

सानो छदा एउटा उखान खुब पढिन्थ्यो - तरवार भन्दा कलम बलियो । यसै बिषयमा मास्टरले स्कुलमा वादविवाद प्रतियोगिता पनि आयोजना गर्थे । कलमका पक्षमा भा नभा' तर्कहरु राखेर बोल्थे वक्ताहरु, खुब प्रेरणादायी लाग्थे । कहिले त गोजीमा कलम बोकेर हिड्दा पेस्तोल बोक्नेलाई पनि जितिन्छ कि जस्तो पनि लाग्थ्यो ।


आज तरवार बलियो भएको उदाहारण देख्दा देख्दा वाक्क लाग्न थालेको छ । त्यसमाथि कार्यवाही गर्नु पर्ने वर्गबाटै तरवारको पक्षपोषण र संरक्षण हुदै आएको छ ।

मोरङका संचारकर्मी खिलनाथ ढकाल माथि गरिएको निर्घात आक्रमणका योजनाकार पशुराम अनेकन अपराधिक घटनाका नाइके भएको पुष्टि हुदा हुदै पनि लुग लुग कापेर बसेको छ नामर्द प्रशासन । किटानी जाहेरी दिँदा समेत पत्रकारमाथि आक्रमण गराउने नाइकेमाथि केरकार /कारवाही गर्नु त के राजनीतिक शक्तिको अगाडी थुरथुर हुदै भाग्ने काँतर छ प्रशासन । यस्तो हुतिहारा संयन्त्र भएको देशमा जनताको जिउ धनको सुरक्षाको कसरी कल्पना गर्नु ?

पशुरामको भाला, तरवार, छुरी र मरणासन्न कुटाइ खाएर मुश्किलले उसको आक्रमणबाट बाँचेकाहरु मोरंगका संचारकर्मी र राजनीतिक दलको बिरोध कार्यक्रममा शामिल भै रहेका छन र धर्ना दिई रहेका छन । तर उसलाई छानविन नै गर्न नदिई निर्दोस छ भन्दै राजनीतिक संरक्षणमा लुकाएर औला उठाउदै छन युवा संघ नेपालका अध्यक्ष महेश बस्नेत ।


बुढापाकाहरुले त्यसै भनेका हैन रहेछन 'जो चोर उसैको ठूलो स्वर' । पत्रकारिताको धर्म निभाउनेहरु कुटिएका कुटियै छन, कुट्नेलाई संरक्षण दिएर/घरभित्र लुकाएर पत्रकारिता माथि नै औंला उठाईरहेछन युवा नेताहरु ...। हुन् सक्छ आरोपित दोषी नहोला तर राजनीतिक संरक्षण दिई कानुन र प्रशासनको खिल्ली उडाउदै चुनौती दिदै हिड्नु कति जायज हो ? उल्टो ठूलो ठूलो हुंकार गर्दै औला तेर्स्याउदै हिड्नु कानुनी राज्यको उपहास मात्र होइन राजनीतिक शक्ति र धम्कीको भरमा यो देशाँ जे गर्न पनि सकिन्छ भन्ने मानसिकता हो ।

कलमकारहरूमाथि आक्रमण भइरहेका छन, कलमहरू भाचिइ रहेका छन ।

एउटा हिन्दी सिनेमा गोलमाल तेश्रो भागमा अजय देवगनले एउटा क्यारेक्टर निभाएका छन, जसले आफु बिरुद्ध चोरी औला उठेको देख्नै सक्दैन । त्यसरी नै पत्रकार कुट्ने, लुकाउने, धम्कि दिदै हिडने र उल्टो मिडियाका सामु चोरी औला उठाउन पल्केको नेपाली राजनीति प्रवृत्तिको जरा उखेल्ने र औला भाच्ने गरी बलियो कानुनी राज्यको निर्माण कहिले होला यो देशमा ?
sorry for putting hindi clip for illustration
Read more >>

थुइक्क पाजी हो !

24.5.11

मैले त भनि रहेकै थिएँ नि, अब नेपालाँ संघिय गणराज्य साज्य त्यस्तै हो, साम्प्रदायिक हिंसाको टुसो भने मजैले पलाईसक्यो भनेर । खस्, बाहुन, लिम्बु, तामांग, अब जातजाति र भाइभाइमा विभाजनको साँध लाग्न थालिसक्या छ । देशको साँधचाहि लथालिंग भएर ढल्ने क्रममा छ, आफू आफू वैरी हुने साँधचाहि ढल्दो हैन उभिदो छ।

एकै थालमा खाएर- एउटै टोलका केटी जिस्काएर हिडेका मात्र नभई, एउटै भट्टीमा जाँड धोकेर एउटै ढलमा जोतिएर धेरै रात कटाएका साथीभाई समेत बाटोमा हिड्दा ए मुला त्यो त कचिलाको रैछ, यो मुला ताम्सालिंग पट्टिको रैछ भन्दै नदेखेझैं गर्ने दिन अब टाढा नहोला जस्तो छ । अहिले नै देख्दा पाखुरी सुर्क्याउदै मनमनै 'बल्ल तेरो असली रुप चिनियो भन्दै कि नारी निमोठ्ने कि डामेर छोडेको गोरुझैं आँखाले हेर्ने क्रमको शुरु भैसक्यो ।


यो हप्ता छेत्रीले काठमाण्डुमा आफ्नो शक्ति देखायो, त्यसैमध्येको यौटा भुसतिघ्रेले आफ्नो बाहुन साथीलाई भन्यो - हाम्ले त बन्द गरेर देखाइम, थुक्क हुतिहारा काँतर बाहुन हो तिमेर्ले खोइ सक्या ?

नेपालको इतिहासमा काजी भएका आफ्ना पुर्खाको नाम बेचेर गाउघरतिर कुनै जमानामा आफुलाई पनि उनकै सन्तान र काजी भनाउदै आएका कुँवर, बस्नेत, पाण्डे तथा थापा थरिका छेत्रीहरुलाइ अलिपर पुग्ने बित्तिकै "पाजी" भनेर व्यंग्य गर्नेहरु धेरै हुन्थे ।

एकादेशको कथाजस्तो वर्ण व्यवस्थामा गरिएको जाति र पेशाको भागबण्डालाई सम्झेर अहिले बाहुनले आफुलाई विद्वान् ठान्नु, छेत्रीले बहादुर र वैश्यले सधै व्यापारी सोच्नु र गर्व गर्नु जस्तो मुर्खता अरु कुन हुन् सक्ला यो वैज्ञानिक युगमा ? हुन् त् म कुनै जातिको पक्षपाती हैन, वद्ख्वाई पनि गर्दिन । तर जातिपातिका पक्षपाति ए पाजीहरु ! यो जमानामा आएर पनि जाति र जन्मको आधारमै आफ्नो पहिचान र परिचय खोज्दै हिड्छौ भने धिक्कार छ तिमेरुलाई !

हैन गाँठे, थेप्चो नाक भाकाले अलि बढी सुबिधा पाउने, चुचो नाक भाका अलि चुप लाग्न पर्ने, पकौडा जस्तो नाक भाकाले आरक्षण पाउन पर्ने, घिरौला जस्तो भाकालाइ बेवास्ता गर्न पर्ने, खोया जस्तो नाकेहरुको कुरा सुन्नै नहुने, तेरो जाति भन्दा मेरो जाति असल, मेरो भन्दा त त्यसको खत्तम जात .... हैन यो कस्तो माग हो ? हामी सबै उस्तै नेपाली एकै जाति हैन र ?

संचारले लेख्यो छेत्रीसंग वार्ता भो ./ बन्द फिर्ता भो ।
साम्प्रादायिक हिंसा भद्काउन तम्सेका गुन्दागर्दिलाई सम्बोधन गरेर र उसका जातीय हितमा लेखेका मागहरु सुनेर यो निकम्मा सरकारले अरु बाकि भएका सबै जातजातिलाइ पनि आफ्नो शक्ति देखाउन उक्साएको छ । बेफ्वाँकमा त्यसरी नै जनतालाई दुख दिन अब कुन कुन जातिले दाउ हेरेर बसेका छन ? अलेली शक्ति पनि नदेखाए नत्र के था भोली बन्ने संविधानमा अरु जातिले धेरै सुबिधा पाई आफू हेरेको हेरै पो हुने हो कि ?





ल हेर, कसको नाक राम्रो, कसको जात राम्रो ?
flickr
Read more >>

अब बाहुनको पालो ?

20.5.11

नेतागिरी गर्नेहरु र नेताका झोलागिरी गर्नेहरु सबै मिलिजुली "हो हो, साच्चै अब त अति नै भयो, नेपाल बन्द गर्दैनम, इँटा र ढुंगा हान्दैनम, रेलिंग भाच्दैनम, टायर बाल्दैनम शान्तिपूर्वक बाच्न पाउने नागरिकको इच्छालाई कदर गर्छम" भन्दै कसम खाएको धेरै भएको थिएन । हुन पनि बाडी चुडी खान गणतन्त्रको भाडो पाइहालेका थिए तर नेपालीको खप्परमा त्यस्तो तोडफोड बिनाको भाग्य कहाँ लेखिएको रैछ र ?

आदिवासी जनजातिले देश बन्द गरेको केही दिन नबित्दै हामी चैँ के कम भन्दै पश्चिमका बाहुन पनि तम्सी हाले । जातीयताको आधारमा देश संघियतामा जान नहुने देखि हाम्लाई नि आदिवासी भनिपाउन पर्ने, बिपन्नलाई मात्र आरक्षण दिन पर्ने, राज्यले भेदभावको नीति खारेज गरेर हाम्लाई पहिलेजस्तै मान्न पर्ने, भेटी उठाई खाने ठामको संरक्षण र प्रबर्द्धन गर्नु पर्ने आदि आदि तिनेरुका माग हुन ।

(हेर हेर यिनले कुटुम्ला झैं यति लामो लौरो जस्तो झन्डा बोकेकी ?)

ए म्या'टोक्ने! देशमा त अब फेरि यही संघियताकै नाममा जाति जाति भाइभाइहरु बिचमै काटाकाट हुने भो नि ।


यी मुलाहरु जातपात भन्नी कुरा आखिर केही'नि हैन भन्ने थाहा पाउदा पाउदै किन यस्तो उम्लेका हुन .. धन्य नया नेपालीहरु! हामी सबै नेपाल आमाका सन्तान हौँ, एउटै दाजुभाई हौँ, एकै जाति नेपाली हौँ भन्ने कुरा पनि बुझन हो बुझ !
Read more >>

चरी भरर

16.5.11

समाचारमा कुख्यात अपराधी 'चरी' नाम गरेका डन धादिङमा टेन्डरको क्रममा व्यवसायीबाट जबर्जस्ती पैसा असुलेर फर्कदा नागढुंगाबाट फर्कदा धारिलो तरवार सहित पक्राउ परेको समाचार आयो । फिरौती पैसा र हतियार सहित रेडह्याण्ड समातिएका अपराधिक संगठनका नाइके चरीलाइ अब त्यसको पखेटा काटेर जेलको पिजडामा थुन्न पर्ने इच्छा सबैले व्यक्त गरे ।

तर नेपालका ट्वाके कम्पनीका पानिमरुवा प्रहरीहरु त्यसबेला हेरेको हेर्यै भए जब सरकारका प्रभावशाली नेताहरु आएर आफै चरीलाई भुर्र भुर्र उडाई दिए । धादिन्ग्का राजेन्द्र पाण्डे देखि के पी शर्मा ओलीले अनेक दवाव र जालझेल गरि आखिर 'चरी' नामको गुण्डालाई आठ दिन पनि नबित्दै उडाई छाडे । फेरी अपराधको आकाशमा 'चरी' पखेटा फिजाएर उड्यो ।

चरीको रिहाइ सम्बन्धी खबर सुन्न भेला भएका सञ्चारकर्मीमाझ एआइजी अर्जुनजङ्ग शाही धेरै बोलेनन् - तर मलाइ लाग्यो उनी मनमनै मनोज श्रेष्ठको यो गीत गाइ रहेका छन -
चरी भरर, डाडैमा बसेर रुम्की धरर ...




नेताको नाता हेर्नुस त !
(nagariknews.com)
Read more >>

गज़पको संविधान बन्ला जस्तो छ ।

10.5.11

गाउँ गाउँ कुना काप्चाका प्रत्येक नेपालीको भावना समेटेर नया नेपालको संविधान निर्माण गर्न भनि ६०५ जना 'विद्वान'हरुलाई जिताएर नेपाली जनताले अब चाहि केहि हुन्छ है भन्दै पर्खेर बसेको धेरै भैसको । ती विद्वानहरु मध्ये कतिपय विद्वानहरु भर्खर भर्खर अंग्रेजीमा 'आइ लभ यु' भन्न र लभ-लेट्टर लेख्न ट्रेनिंग लिदै गरेको हुँदा अझै केही ढिला हुन् सक्ने सम्भावना देखिएको छ र म्याद फेरी थपिएको छ । 'झर्ला र खाम्ला भन्ने' धोको पालेका नेपालीहरुलाइ के थाहा छैन भने त्यो संविधानको किताब लेखिदैमा तिनले पाउने र आमुल परिवर्तनै भैहाल्ने चाहि खास केही पनि हैन । त्यो नेताको कमाइ खाने निहुँ मात्र हो भन्ने कुरा गोप्य सुत्रबाट पत्ता लागेको छ ।

जनताको रगत पसिनाको कमाईबाट कुम्लायिने महिनाको पचास हजार तलबले नपुगेर यी सभाषद नामका बुद्धिजिवीहरु अब रातो पासपोर्ट बेच्ने गोरखधन्दा पनि शामिल भएका कुरा भर्खर संचारले छापेको छ । सभाषद द्वय नेपाली जनता दलकी गायत्री साह र मधेसी जनअधिकार फोरमका बिपी यादवले कुटनीतिक प्रयोजनका लागि उपलब्ध राहदानी जनही एक करोड पचास हजारमा बेचेका हुन ।

नीति निर्माण गर्ने राष्ट्रको गरिमामय स्थानमा बसेका यस्ता भ्रष्टहरुलाई हेरेर अनुमान लागौं त्यति गाह्रो नहोला,कि नेपाली जनतालाई यिनले कस्तो संविधान देलान ?



यिनै हुन पासपोर्ट बेचुवा सभाषद
Read more >>