चरी भरर

16.5.11

समाचारमा कुख्यात अपराधी 'चरी' नाम गरेका डन धादिङमा टेन्डरको क्रममा व्यवसायीबाट जबर्जस्ती पैसा असुलेर फर्कदा नागढुंगाबाट फर्कदा धारिलो तरवार सहित पक्राउ परेको समाचार आयो । फिरौती पैसा र हतियार सहित रेडह्याण्ड समातिएका अपराधिक संगठनका नाइके चरीलाइ अब त्यसको पखेटा काटेर जेलको पिजडामा थुन्न पर्ने इच्छा सबैले व्यक्त गरे ।

तर नेपालका ट्वाके कम्पनीका पानिमरुवा प्रहरीहरु त्यसबेला हेरेको हेर्यै भए जब सरकारका प्रभावशाली नेताहरु आएर आफै चरीलाई भुर्र भुर्र उडाई दिए । धादिन्ग्का राजेन्द्र पाण्डे देखि के पी शर्मा ओलीले अनेक दवाव र जालझेल गरि आखिर 'चरी' नामको गुण्डालाई आठ दिन पनि नबित्दै उडाई छाडे । फेरी अपराधको आकाशमा 'चरी' पखेटा फिजाएर उड्यो ।

चरीको रिहाइ सम्बन्धी खबर सुन्न भेला भएका सञ्चारकर्मीमाझ एआइजी अर्जुनजङ्ग शाही धेरै बोलेनन् - तर मलाइ लाग्यो उनी मनमनै मनोज श्रेष्ठको यो गीत गाइ रहेका छन -
चरी भरर, डाडैमा बसेर रुम्की धरर ...




नेताको नाता हेर्नुस त !
(nagariknews.com)

2 चोइटा:

बसन्त कुमार श्रेष्ठ said...

यस्तै छ यहाँको चलन

झटारो काँइला said...

त्यही त बसन्तजी चलेकै चलन त हो नि भनेर ट्वाँ परेर बसेका हुन साहेबहरु ! सर्खारै लागेसी कसको के लाग्ने भन्या, केही गरमला भरे जीउधन सर्खारी भन्नि त उखानै छ ।

Post a Comment

यो झटारो मन परे एक दुइ "छेस्काछेस्की" तपाइँ नि लेख्न सक्नुहुन्छ । अलि दह्रो छेस्को या झटारै हान्नु भो भने चाहि पुरस्कारको पनि व्यवस्था गरेको छु ।