अपराध लुकाउने राजनीतिक गुफा

15.6.11

सानो छदा एउटा उखान खुब पढिन्थ्यो - तरवार भन्दा कलम बलियो । यसै बिषयमा मास्टरले स्कुलमा वादविवाद प्रतियोगिता पनि आयोजना गर्थे । कलमका पक्षमा भा नभा' तर्कहरु राखेर बोल्थे वक्ताहरु, खुब प्रेरणादायी लाग्थे । कहिले त गोजीमा कलम बोकेर हिड्दा पेस्तोल बोक्नेलाई पनि जितिन्छ कि जस्तो पनि लाग्थ्यो ।


आज तरवार बलियो भएको उदाहारण देख्दा देख्दा वाक्क लाग्न थालेको छ । त्यसमाथि कार्यवाही गर्नु पर्ने वर्गबाटै तरवारको पक्षपोषण र संरक्षण हुदै आएको छ ।

मोरङका संचारकर्मी खिलनाथ ढकाल माथि गरिएको निर्घात आक्रमणका योजनाकार पशुराम अनेकन अपराधिक घटनाका नाइके भएको पुष्टि हुदा हुदै पनि लुग लुग कापेर बसेको छ नामर्द प्रशासन । किटानी जाहेरी दिँदा समेत पत्रकारमाथि आक्रमण गराउने नाइकेमाथि केरकार /कारवाही गर्नु त के राजनीतिक शक्तिको अगाडी थुरथुर हुदै भाग्ने काँतर छ प्रशासन । यस्तो हुतिहारा संयन्त्र भएको देशमा जनताको जिउ धनको सुरक्षाको कसरी कल्पना गर्नु ?

पशुरामको भाला, तरवार, छुरी र मरणासन्न कुटाइ खाएर मुश्किलले उसको आक्रमणबाट बाँचेकाहरु मोरंगका संचारकर्मी र राजनीतिक दलको बिरोध कार्यक्रममा शामिल भै रहेका छन र धर्ना दिई रहेका छन । तर उसलाई छानविन नै गर्न नदिई निर्दोस छ भन्दै राजनीतिक संरक्षणमा लुकाएर औला उठाउदै छन युवा संघ नेपालका अध्यक्ष महेश बस्नेत ।


बुढापाकाहरुले त्यसै भनेका हैन रहेछन 'जो चोर उसैको ठूलो स्वर' । पत्रकारिताको धर्म निभाउनेहरु कुटिएका कुटियै छन, कुट्नेलाई संरक्षण दिएर/घरभित्र लुकाएर पत्रकारिता माथि नै औंला उठाईरहेछन युवा नेताहरु ...। हुन् सक्छ आरोपित दोषी नहोला तर राजनीतिक संरक्षण दिई कानुन र प्रशासनको खिल्ली उडाउदै चुनौती दिदै हिड्नु कति जायज हो ? उल्टो ठूलो ठूलो हुंकार गर्दै औला तेर्स्याउदै हिड्नु कानुनी राज्यको उपहास मात्र होइन राजनीतिक शक्ति र धम्कीको भरमा यो देशाँ जे गर्न पनि सकिन्छ भन्ने मानसिकता हो ।

कलमकारहरूमाथि आक्रमण भइरहेका छन, कलमहरू भाचिइ रहेका छन ।

एउटा हिन्दी सिनेमा गोलमाल तेश्रो भागमा अजय देवगनले एउटा क्यारेक्टर निभाएका छन, जसले आफु बिरुद्ध चोरी औला उठेको देख्नै सक्दैन । त्यसरी नै पत्रकार कुट्ने, लुकाउने, धम्कि दिदै हिडने र उल्टो मिडियाका सामु चोरी औला उठाउन पल्केको नेपाली राजनीति प्रवृत्तिको जरा उखेल्ने र औला भाच्ने गरी बलियो कानुनी राज्यको निर्माण कहिले होला यो देशमा ?
sorry for putting hindi clip for illustration

4 चोइटा:

Pawan Paudel said...

नेपालाको कानुन दैव जानुन भन्थे बुढापाकले ठिकै भन्या रैछन् तर यो झटारोको झटारो अझ बोझिलो भए हुन्थ्यो कि

sabin said...

झटारो पढेर रमाइलो लाग्यो ।

प्रकाश समीर said...

हत्या, बलात्कार,लुटपाट र चोरी चकारी............यस्तै यस्तै छ हाम्रा धेरै जसो टाउके नेताहरुको ईतिहास पनि अनि तिनिहरुका पुच्छरहरु पनि उनिहरुको बाटो अनुसरण गर्ने नै भए नि । वाक् वाक् वाक् यिनीहरुको कुरा गर्दा पनि बान्ता आउलास्तो हुन्छ हो काँइला ब्रो । भो कुरै नगरम् ।

Chaitanya said...

ठुला पार्टीले यस्ता घटनालाई साना ठानेर तर्किन खोज्नु अनौठो छ | दुष्टको परिपोषकको रुपमा ओलीजी त राम्रैसंग फसेका छन् |

Post a Comment

यो झटारो मन परे एक दुइ "छेस्काछेस्की" तपाइँ नि लेख्न सक्नुहुन्छ । अलि दह्रो छेस्को या झटारै हान्नु भो भने चाहि पुरस्कारको पनि व्यवस्था गरेको छु ।