विदेशां बसेको मेरो एक जना साथीलाई 'काम कस्तो छ?' म पटक पटक सोध्थें।
काम त थ्रीडी हो तर गाँठ भैहाल्छ झकास छ भन्न पर्यो ।
यो ग्वांदे झटारोले धेरै पछिमात्र था' पायो कि उसको काम मैले सोचेझैं थ्रीडी एनिमेसनमा थिएन, थ्री डी, अर्थात उक्त त्रिआयामिक काम भनेको डर्टी, डेन्जर अनि डिफिकल्ट थियो ।
विदेशाँ नेपालीहरु के गर्छन ? तिनेर्का हैसियत कस्तो छ ?
एउटा सग्लो उत्तरले यो प्रसंगलाई पक्कै सम्बोधन गर्न सक्दैन, यद्यपि अपवाद छाडेर आम उत्तर भने लगभग एउटै आउँछ - विदेशीले कम रुचाउने र तल्लो स्तरका कामहरु हुन् ति । अनि यस्तो गर्न जान नेपालीहरु किन मरिहत्ते गरेका ? जागिर र पोइसो खै त यहाँ ? दोषचाहि सधै बिचरा देशले पाउँछ ।
एउटाको फेसबुकको स्टाटसको शब्द पैचो लेर अझ फ्र्याङकली लेख्दिम न केको लाज?
"बिदेशमा गएर भाँडा मलेर आइेफोन बोकेर मै हुँ भन्नु भन्दा आफ्नै देशमा बसेर सेवा गर्नु राम्रो...... " अर्काका देशाँ गएर धेरै 'राम्रो' काम, उद्यम गर्नेले सानो चित्त नबनाउनु होला तर जनबोलीले भन्ने कुरो यही हो । - नेपालीहरु भाँडा माझ्न र भेडा चराउन किन विदेश गाका होलान ?
सोच्दै हुनुहोला, आज काल्दाईले के लेख्दैछ ? रहर/बाध्यता र अनेक कारणले प्रवास रोज्न पुगेका नेपालीको बदख्वाइ गर्दैछ ? होइन, पटक्क होइन, यो लेख र झटारो ती उपबुज्रुक तोरीलाहुरेहरुका बिरुद्धमा हो, जो अरुका घराँ गएर २/४ पोइसो कमाए'सी अरु आम नेपालीलाइ भेडा गोठाला देख्छन । उनीहरुमाथि राजनीति गर्छन र नेतृत्वको नौटंकी गर्छन, साहित्यको नाममा कालो धन खन्याएर इज्जतको व्यापार गर्छन।
कला र शैलीमा कान्तिपुरले भर्खर छाप्यो -
डायोस्पोरा बाट पुरस्कारै पुरस्कार । http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=247352 को हुन त ती विशिष्ट किताब छान्ने मुल्यान्कनकर्ताहरु र पुरस्कारदाताहरु ?
उता विदेश बस्नेको आफ्नै दुखेसो - हाम्लाई हेप्यौ, मान्छे गनेनौ, हाम्ले भन्या सुनेनौ, हामी भाडा मझुवा, भगुवा र भेडा गोठाला होइनम है। वास्तवमा हामी ठुला ठुला विद्वान हौँ, वैज्ञानिक हौँ, ठुला मान्छे हौँ, साहित्यकार हौँ। तिनै ठुला मध्यका केही साहित्यकारहरुले खोलेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज भन्ने संस्था रहेछ। त्यो डलर र साहित्यको खेति बरोबर गर्दो रैछ, दुबैलाई उस्तै प्रेम गर्दो रैछ ।
निकै उदाहरनिय काम,
यो उदाहरनिय कार्यको बारेमा त अहिले नै "छोटी मुख बडी बात् नगरम। नेपाली साहित्यलाई यसले जसरी जे दिएको छ, अहिलेलाई आँखा चिम्लेर सलाम गर्छ काइलो ।
तर यो संस्थाले आयोजना गर्या बडो भव्य र गज्ज़ब्को सम्मेलनको चर्चा गर्न अघि सरेको छु । त्यो यस्तो महान काव्य सम्मेलन थियो जो न पहिले भयो न भविष्यमा नै हुनेछ ।
यस्तो काव्य सम्मेलन यो उमेरसम्म काइलाले देखेको त के सुनेको पनि थिएन । ३ मैना अघिदेखि उर्दी जारी भो -
सम्मेलनमा ठाम ठामका कविहरुलाई भाग लिन लगाइनेछ, कविकै स्वरमा कविता वाचन गर्न लगाइनेछ र भू-उपग्रह (satellite) मार्फत विश्वभर एकै साथ् प्रत्यक्ष प्रसारण गरिनेछ ।
हे नारन के आश्चर्य ? भू उपग्रह मार्फत काव्य सम्मेलनको प्रत्यक्ष प्रसारण ? कस्ता कस्ता विद्वान्ले समेत ठम्याउन हम्मे परिरा बेला काइलाको दिमाखले के भ्याओस यो कस्तो खालको भव्य तकनिक के कसो हो भन्नि कुरो ?
कहाँ कसरी हुने, क कसले भाग लिने ? निरन्तर अपडेट आउन थाल्यो, नयाँ नयाँ उर्दी जारी भयो ।
हुन त काइलो पनि प्रविधिको त्यही जुगमा छ । जहाँ २/४ अक्षर फुटाउने र सामान्य कम्प्युटर चलाउने जो कोहीले याहू, स्काइप, फेसबुक वा गुगल्बाट आँखा झिम्क्याई झिम्क्याई लाइभ बोल्न र अरुलाई देखाउन पनि सक्छन । हन, क्यार्न लागे यिनले स्याटलाइटबाट ? काइलोको सातोपुत्लो त तब उड्यो जब उक्त "भिडियो च्याटमा कविता वाचन गराइने कार्जेक्रम" चलाउन संसारभरिका बडे बडे विद्वान डाक्टर इन्जिनियरहरुको जम्बो मन्त्रीमन्डल जस्तो संयोजक समिति खडा भयो ।
ती विद्वानहरु तपाईका देशबाट पनि पर्या होलान नाम यिनै हुन हेर्नुस।
· रन्जना उदास (अफ्रिका)
· अनन्त रिसाल (न्यूजर्सी, अमेरिका)
· पुनम क्षेत्री (जापान)
· डा. रूपक श्रेष्ठ (बेलायत)
· भिम कार्की (टेक्सास, अमेरिका)
· विमल नेपाल (फ्लोरिडा, अमेरिका)
· भुवनेश्वर शर्मा (अस्ट्रेलिया)
· कृष्ण बजगाइ (बेल्जियम)
· प्रकाश नेपाल (भर्जिनिया, अमेरिका)
· विरही रिजाल (यु.ए.इ.)
· पदम विश्वकर्मा (कोलोराडो, अमेरिका)
· रमेश रानाभाट (चीन)
· ज्योति पैाडेल (न्यूयोर्क, अमेरिका)
· राधेश्याम लेकाली (नेपाल)
सल्लाहकारहरू: . होमनाथ सुबेदी (अमेरिका), ज्ञानेन्द्र गदाल (अमेरिका)
प्रमुख संयोजकहरू
डा. शिव गैातम, बोष्टन, अमेरिका
इ. कुसुम ज्ञवाली, टोरन्टो, क्यानडा
http://inls.org/index.php?sect=announcements&nId=561
लौन यिनले के गर्न आँटे ? यो अद्वितीय र भव्य सम्मेलनको कल्पनाले पनि काइला गदगद हुन थाल्यो । यस्तो अवर्णनीय सम्मेलनको प्रत्यक्ष प्रसार गराउनका खातिर नाम चलेका मिडियाहरु पनि तैनाथ गरिए ।
www.torontonepal.com
www.dcnepal.com
www.khasskhass.com
www.usnepalonline.com
www.nepalhorizons.com
www.nepalmother.com
http://inls.org/index.php?sect=announcements&nId=570
वेभ काव्य सम्मेलनको दर्शन गर्ने तर्कनाले कार्जेक्रम हुने भनिएको दिन बिहानै देखि काइलाको भुइमा खुट्टो थिएन । घरी तिनले भनेका मिडिया त घरी आकाश तिर स्याटेलाइटतिर पो छ कि भन्दै आकाशतिर प्रत्यक्ष प्रासरण खोज्दा खोज्दा काइलाको बुढो आँखा थाके ।
पहिलो कुरा जाबो भिडियो च्याटमा कविता भनाउन किन यत्रो मन्त्रिमन्डल खडा गर्नु ? दोश्रो कुरा वेभ र भू उपग्रह्का तिलस्मी कार्यक्रमका हौवा पिटाएर हाडी गाउको जात्रा किन बनाउनु ? त्यो भन्दा पनि महत्वपूर्ण कुरा आम साहित्यप्रेमी पाठक र दर्शकलाई प्रविधिका बारेमा क्यै नि था'नभाका बिल्कुल अन्धो भए झैं के के न गर्ने भनेर किन उल्याउनु ?
हे भेडाका नाइकेहरु! डायोस्पोरिक साहित्यको विकास भन्दै गरिने गरेको राजनीति लज्जास्पद छ । प्रविधि र 'भू-उपग्रह्कै' उपहास हुने यस्ता बेइज्जतपूर्ण कार्यक्रमको घोषणाले तिमेरुको त खासै केहि नबिग्रिएला । तर तिमीहरुले धपाउदै हिडेका भेडाका बगालमा कोही त होलान, जसलाई यस्ता ट्रक साहित्यका दलाल र साहुहरुको चेतनाको स्तर र बौद्धिकता नामिठोसंग दुखेको होला । लाटो देशाँ गाँडो तन्नेरीको उखान चरितार्थ हुने केटाकेटी प्रवृत्ति र विदेशाँ बस्ने सबै नेपालीका धज्जी उड्ने खालका उल्का प्रविधीको हौवा पिटाइले अलिक सचेत र इमान्दार सच्चा साहित्यप्रेमीहरुले नमिठो अपमान बोध गरेका होलान । ऐना हेर्दा आफ्नो मुखौडा 'उल्लु' भएको देखेका होलान ।
आम दर्शक, पाठक र नेपालीलाई भेडा बाख्राको बथान ठानेर हरिया घाँस बाड्दै मूर्ख बनाउने कर्मले मात्र साहित्य सिर्जनामा उत्साह थप्दैन । न डायोस्पोरिक न मुलधारको साहित्यमा नै टेवा पुग्छ यो नौटंकी पाराले । यसले उल्टो साहित्यमा विकृति बढाउछ । सक्कली साहित्य र साहित्यकार निरुत्साहित हुदै जान्छन भने साहित्यका साहु/बेपारीहरुले निर्बाध बौद्धिकताको अस्मिता लुटिरहनेछ्न ।
बेलैमा चेतना भया ।