हैन यो अम्रिका त खत्तमै रैछ नि । सासो न बासो संग लुकी लुकी बसेका अल कायदाका नेता ओसामा बिन लादेनलाई पानी मुनि गए'नी छाडेन गाँठे । हुन त त्यो बज्याले पनि विनासित्ति कैयौं अम्रिकिहरुको बाँच्न पाउने अधिकार खोसेको'थ्यो त्यही भएर त्यस्तो दुर्गति भोग्न पर्यो । ल त्यति सम्म त ठिकै थ्यो बजियाले पापको फल नै पायो रे भनम ।
लादेनलाई मार्नु मारिसकेपछि अहिले आएर अमेरिका त्यसका घराँ ब्लु फिल्म पनि भेटिए, त्यो अश्लिल फिल्म हेर्दो रैछ ..., यौन उत्तेजना बढाउने औषधि खादो रैछ भन्दै बद्नाम गर्न थाल्या छ । ए बाबा, के लादेन चाहि मान्छे हैन र भन्या ?
त्यसमाथि बहुपत्नी प्रथालाई मान्यता दिएको धर्म मान्ने धेरै श्रीमती भएको मुसलमान । कुन ठुलो कुरा भयो यो ? फेरी यस्तो अश्लिल फिल्म पहिले बनाएर हेर्न सिकाउने तिनेरु नै त हुन । अमेरिकाले लादेनको निजी जीवन र उसको गोप्यताको अधिकारमाथि यसरी हस्तक्षेप गर्न हुन्थेन भन्नि लागिरा'छ । बिचरालाई मरिसके पछि नि किन सुख नदिएका होलान ?
(tundratabloids.com)
Subscribe to:
Post Comments (Atom)
1 चोइटा:
malai ta gajab man paryo..choto ra mitho..hasera jhandai mare...ma ni post garchu..prakashit garidinuholaa...
Post a Comment
यो झटारो मन परे एक दुइ "छेस्काछेस्की" तपाइँ नि लेख्न सक्नुहुन्छ । अलि दह्रो छेस्को या झटारै हान्नु भो भने चाहि पुरस्कारको पनि व्यवस्था गरेको छु ।