नेटनेपाललाइ त तिनले 'चटके' पो भने गाँठे ?

21.5.11

केही समय पहिले देखि फेसबुक कै लोकप्रियताको सिको गरेर त्यस्तै प्रकृतिको नेपाली सोसल नेटवर्किंग साइट नेट्नेपाल इन्टरनेटमा लाउन्च भयो । काम नभा'का बेरोजगारीका साथै भए पनि हाकिमका आँखा छलेर चौबिसै घण्टा इन्टरनेटमा झुन्डिने कुलतमा फसेका नेपालीहरुलाइ टाइम न बेटाइम चाड आइ हाल्यो । यता पनि प्रोफाइल भटाभट बन्न थाल्यो । लौ, त्यसका विकासकर्ता करुण थापाले 'राम्रो काम गर्यौ भनेर चौबिसै घण्टा झुन्डिन उक्साउने गरी पोइन्ट पनि पो दिन थाले, अनि त के थियो ? लेख रचना पस्कने, साथीभाईसंग परिचय बढाउने भन्दा पनि 'पोइन्ट' बढाउने धुनमा प्रयोगकर्ताहरु व्यस्त हुन् थाले ।

ठुला बडा कै सिको गरेर झटारोले पनि एउटा खाता खोल्यो है । हुन त मलाइ नेपालीको नेटवर्किंग साइट नेपालीमेटले पनि फेसबुकले जस्तो मुहनी लाउन सक्या थेन , यो पनि त्यस्तै रैछ । तर उहिलेदेखि म एउटो गानाको साह्रै ठूलो फ्यान भा छु - फूलको आँखामा फूलै संसार, आनीले त्यत्तिकै गाकी हैनन् बाबै यो गीत । आँखा राम्रो हुन् पर्छ जे नि राम्रै देखिन्छ । नेटनेपाललाइ कर्के नजरले हेर्नेलाई त्यसो भन्न मन लाग्या छ मलाइ । हुन त यो शनिशचरे झटारोको आफ्नै आँखा कांडाको छ अरुलाई के दोष दिनु र ?

मन नपरेको कुरा प्याच्च लेख्न मन लाग्यो मलाइ । यो मुला लेखकको जात साह्रै खत्तम हुनी रैछ । जे मनमा आयो त्यो लेख्ने, आफुलाई मै हुँ भन्ने पत्रकार र लेखकको त झन् कुरै नगरम । यिनले त के मात्र जान्या हुदैनन्, स्वामीका अगाडी सधै ज्यु र हजुर गर्न सिपालु हुन्छन । खुरापाती गर्न अनेक थरि घुमाउरा र काइते भाषाको आविस्कार गरेका हुन्छन यिनेर्ले । एकदिन नेपाल पत्रिकाका बाया फन्को भन्नी स्तम्भ लेख्ने स्तम्भकार ब्रजेश खनाल नेटनेपालमा आए । उनको शैलीको तारिफ गर्छु म, फिलिमका स्क्रिप्ट लेख्न देखि बोल्नमा पनि उनी माहिर छन । उनको ब्लग यी यहाँ छ -http://brazesh.wordpress.com/ आउने बित्तिकै पहिलो कुरो उनले लेखे ।

"करुण दाइ यो के चटक हो हँ ?"

झटारोलाई चाहि उनको यो 'चटक' भन्नी शव्द साह्रै नराम्रो लाग्यो । कि राम्रा कुरा लेख्दा लेख्दा उनका शब्दमा खडेरी पर्यो ? हुन त उनले जिस्केका होलान। तर साचिकै चटक सम्झनेहरु पनि यता होलान जस्तो लाग्या छ मलाइ । हाइ फाइब र फेसबुकका जस्ता साथीभाई, आफन्त जोड्ने संजालहरुका संचालकलाई चाहि देउता झैं मान्ने अनि नेपालीले केही गर्यो भने चाहि हेयभाव राखेर चटके भन्ने ?

साथीभाई भेटम, रमाइलो गरम, केही शेयर गरम, टाइम पास गरम । नराम्रो के छ ? के छ यसमा गल्ती ? बेकारी भएर कुलतमा फस्नुभन्दा ,बरालिएर चोक चोकमा तरुनी जिस्काउदै बस्नु भन्दा त बरु कम्प्युटरमा आएर यस्तो एक दुइ घण्टा साथीभाइलाई हाइ हेल्लो गर्छन, सके सिर्जनाका दुइ चार कुरा नि बाड्चन । मलाइ त लाग्छ, अहिले नेपालाँ आइटी पढेका केटाकेटी भोली अरबीको पसलमा हिसाब किताब गर्न नजाउन भन्नको लागि पनि हामीले यस्ता नया, खोजमुलक र क्रियटिभ नेपाली विकास्कर्तालाई हौसला दिन पर्छ । नेपालीले नै गरेको यस्तो कार्यलाइ हामीले सके सह्राना गर्नपर्छ, नसके थुतुनोमा बुजो लाएर बसे भै हाल्यो ? फुटेको आँखाले नि हेर्न नसके खुरुक्क बन्द गर्नु अनि जानु खैरेनीको पुतली हेर्न पोर्न साइटतिर, बेकाराँ के को टेन्सन लिनु ?


एउटा चटके कार्यक्रम तयार गर्दै

6 चोइटा:

देशभक्त नेपाली said...

वाह क्या अजबबै रैच । हुन त यो झटारेका कुरा मुलाइ सुरूकै दिनाँड मुन नपरेको त कहाँ थो र , तर याँ यस्सो पढि टोपलेको त झनै रमाइलो भो । मेरो त गज्जबै ट्यामपास भो । धन्नेवात त दिनै परो । लु धन्नेबात है झटारे जी लाइ ।

झटारो काँइला said...

पढ्दा पढदै 'खैरेनीको पुतली' लेख्या ठाममा पुगेसी झन् बढी रमाइलो भाथ्यो हैन त ??? हा हा उमेरदार मान्छे यस्तै हुन्छ ।

प्रकाश समीर said...

आहा ! क्या मज्जाको लागो गाँठे झटारो काँइलाको लेख्ने काइदा । म त झटारो को "पंखा" पो भएँ । छुट्टै स्वाद रैच सानो गोल्भेँडाको अचार् जस्तो ट्वाक्क । लेख्दै गरम् ।

झटारो काँइला said...

मेरो ब्लगको पंखा हुनु भा'कोमा थ्यांक यु समिर ब्रो ! तपैका लेखाइ पनि खुब राम्रा र'चन ।

My world said...

अहो झटारो काँइलाको लेख्ने काइदाले हाँस्ने फाइदा पो भो हउ। फ्यान पो बनियो त..लेखाइ एकदम मुन पर्यो मलाइ नि खुब हाँसियो धन्यवाद।

बिष्णु मरासिनी said...

हो नि त अब ठुला बडाले राम्रो काम गर्न थाले, आफ्नै देशमा बनेको कार चढेर; हामी पनि नेपाली नै बनाएको site नै खोलौ न त ।

Post a Comment

यो झटारो मन परे एक दुइ "छेस्काछेस्की" तपाइँ नि लेख्न सक्नुहुन्छ । अलि दह्रो छेस्को या झटारै हान्नु भो भने चाहि पुरस्कारको पनि व्यवस्था गरेको छु ।