
खल्ती भरि चोर डाँका, लुकाएर गल्ती गरिस्
चिच्याएर व्यर्थ घोक्रो, सुकाएर गल्ती गरिस्
घरभित्र साँढे भई, दादागिरी चलाउछ्स्
'प्रभु' छेउ स्वाभिमान, झुकाएर गल्ती गरिस्
चिराग त्यो सल्काएर, भाइभाइमा बिरोधको
लुछीचुँडी आमाको मन्, दुखाएर गल्ती गरिस्
देशको नया खाका कोर्न, अझै कति कुर्नु पर्छ ?
पटक पटक पा'को मौका, चुकाएर गल्ती गरिस्
बिर्सिएथ्यौँ हिंसाग्रस्त, अँध्यारा ती दिनहरु
पुरिएको घाउ पुन, उप्काएर गल्ती गरिस्
ठम्याउन सक्नु पर्थ्यो, बाघ हो कि बिरालो हो ?
हचुवामा कुकुर तैले, फुकाएर गल्ती गरिस्
झटारो काइँला
http://jhataro.blogspot.com


6 चोइटा:
काँल्दाइ कता हराउनु भो भन्या त यस्तो दामी गजलको रचना तिर लाग्नु भा'रे छ । निक्कै ताजा बिषयमा लेख्नु भएको गजल खुब मज्जाको लाग्यो।
लौ है, काँल्दाइको झटारो दह्रै रहेछ!
Superb. Nice blog with nice design and I love favicon very much.
k ho kaldai ajkal ta jhataro hanna 6odnu bho ta!
गज्जब! सातो जाने गरी दह्रो झटारो!
543252f hgfdyte jhjfu नभधथध
Post a Comment
यो झटारो मन परे एक दुइ "छेस्काछेस्की" तपाइँ नि लेख्न सक्नुहुन्छ । अलि दह्रो छेस्को या झटारै हान्नु भो भने चाहि पुरस्कारको पनि व्यवस्था गरेको छु ।